Wednesday, December 10, 2025

Fact Check

Fact Check: के सरकारले रास्कोट अस्पताल भत्काउन लागेको हो?

Written By Aakash Chhetri
Jan 6, 2025
banner_image

Claim

image

Fact

image

दाबी: केपी शर्मा ओली नेतृत्वको सरकारले रास्कोट अस्पताल भत्काउन लागेको दाबी ।
तथ्य: रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बमले सरकारको कुनैपनि निकायले रास्कोट अस्पताललाई बन्द गर्ने निर्णय नगरेको प्रष्ट पारेका छन् ।

कालीकोटको रास्कोट अस्पतालसँग सम्बन्धित दाबीसहितको सामग्री सामाजिक संजालमा फेला गरेको छ । उक्त सामग्रीमा केपी शर्मा ओली नेतृत्वको सरकारले रास्कोट अस्पताल भत्काउन लागेको दाबी गरिएको छ ।

Kumar Magar 1111 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा रास्कोट अस्पतालको तस्बिर जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘रवि लामिछानेले बनाएको रास्कोट अस्पताल केपी ओलीको सरकारले भत्काउँदै ।’ 

त्यस्तै सोही सामग्रीमा एउटा अडिओ पनि सुन्न सकिन्छ । उक्त अडिओमा भनिएको छ- ‘रवि लामिछानेले बनाएको रास्कोट अस्पताल केपी ओलीको सरकारले भत्काउँदै । रवि लामिछानेले कालिकोटको रास्कोटमा त्यहाँका जनताहरुलाई भनेर एउटा अस्पताल निर्माण गरेर बनाएका थिए । र अहिले आएर गैरकानुनी र सहकारी ठगेर बनाएको अस्पताल भन्दै केपी ओली सरकारले भत्काउन निर्देशन दिएका छन्, अस्पताल । रास्कोट अस्पताल कालिकोटका जनतालाई नि:शुल्क रुपमा उपचार गराइरहेका थिए र उपचार पाइरहेका थिए । अहिले आएर केपी ओलीको सरकारले सहकारी ठगीको पैसाले बनाएको अस्पताल भन्दै भत्काउन निर्देशन दिएका छन् ।’

पहिलोपटक १८ डिसेम्बर २०२४ मा पोस्ट गरिएको सामग्रीमा १२ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । आगामी दिनमा पनि प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिरहने देखिन्छ ।

के कालीकोटमा निर्माण भउको रास्कोट अस्पताल केपी शर्मा ओली नेतृत्वको सरकारले भत्काउन लागेको हो त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा बनेको छ, रास्कोट अस्पताल । यो अस्पताल निर्माणका क्रममा स्थानीय अगुवाहरुलाई तत्कालीन संचारकर्मी रवि लामिछाने, डा.मुकुल ढकाल लगायतले सहायता गरेका थिए । रास्कोट अस्पताल निर्माणपछि २०७७ सालमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

पछिल्लो समय रास्कोट अस्पताल निर्माण गर्दा चन्दा रकम लुकाएको भन्दै केही समाचारहरु प्रकाशित भएका छन् । मंसिर २०८१ मा प्रकाशित एक समाचार अनुसार रास्कोट नगरपालिकाले सम्बन्धित रवि लामिछाने फाउन्डेसनलाई अस्पताल बनाउन उठाएको चन्दा र सरकारी अनुदानको खर्च विवरण मागेको थियो । तर अस्पताल हस्तान्तरण गरेको ४ वर्षसम्म पनि फाउन्डेसनले खर्च विवरण दिएको छैन ।

यही सन्दर्भमा केपी शर्मा ओली नेतृत्वको सरकारले रास्कोट अस्पताल भत्काउन लागेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ । अहिले उक्त अस्पताललाई रास्कोट नगरपालिकाले संचालन गरिरहेको छ । सामाजिक संजालमा पोस्ट गरिएको दाबीबारे बुझ्न हामीले रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बमलाई फोन सम्पर्क गर्‍यौँ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत बमले सरकारको कुनैपनि निकायले रास्कोट अस्पताललाई बन्द गर्ने निर्णय नगरेको प्रष्ट पारे । उनका अनुसार रास्कोट नगरपालिकाले उक्त अस्पताललाई राम्रोसँग संचालन गरिरहेको छ र यो अस्पतालबाट दुर्गमका मानिसहरुले सेवा लिइरहेका छन् ।  सरकारले रास्कोट अस्पताल भत्काउन लागेको दाबी गलत रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बमले प्रष्ट पारे ।

निष्कर्ष

केपी शर्मा ओली नेतृत्वको सरकारले रास्कोट अस्पताल भत्काउन लागेको दाबी गलत छ । उक्त अस्पताललाई रास्कोट नगरपालिकाले संचालन गरिरहेको छ । रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बमले सरकारको कुनैपनि निकायले रास्कोट अस्पताललाई बन्द गर्ने निर्णय नगरेको प्रष्ट पारेका छन् ।

नतिजा : गलत

हाम्रा स्रोतहरू

निमित्त प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बम, रास्कोट नगरपालिका
समाचार, ekantipur.com
समाचार, ekantipur.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage