Monday, December 15, 2025

Fact Check

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवती मिडियामा आएको भ्रामक दाबी 

Written By Aakash Chhetri
Nov 10, 2022
banner_image

Claim

image

Fact

image

भिडियो केन्द्रीत सामाजिक संजालमा टिकटकमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने युवती मिडियामा आएको र उनले आफ्नो अनुहार देखाउन नमानेको दाबी गरिएको छ ।

Pancha bashyal· नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एक युपतीले अन्तर्वार्ता दिइरहेको देखिन्छ । भिडियोमा  ती युवतीले आफ्नो विचार बताउँदा अनुहार नदेखाउन आग्रह गरेकी छन् ।    

प्रस्तुत सामग्रीमा जोडिएको अन्तर्वार्ताको एक अंशमा देखिएको थमनेलमार्फत् दाबी पेस गरिएको छ । थमनेलमा लेखिएको छ– ‘सन्दीपलाई फसाउने युवती मिडियामा आइन् तर फेस देखाउन मानिनन् ।’

दाबीसहितको यो सामग्रीमा करिब साढे ३ सय टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेका छन् । ती अधिकांश प्रतिक्रिया अभद्र रहेको देखिन्छ । यतिमात्र होइन्, हालसालै गरिएका केही प्रतिक्रियामा अपशब्दसमेत प्रयोग गरिएको छ । 

३४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेको दाबीसहितको उक्त सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ । के प्रस्तुत दाबीसहितको भिडियोमा अन्तर्वार्ता दिइरहेकी युवती नै सन्दीप लामिछानेलाई बतात्कारको आरोपल लगाउने युवती हुन् त ? हामीले वास्तविकता पत्ता लगाउन तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पछिल्लो समय न्यायिक हिरासतमा छन् । कात्तिक १८ गते उनलाई जिल्ला अदालत काठमाडौँले  पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

एक नाबालिगले सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएपछि कात्तिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । बलात्कारको आरोप लगाउने नाबालिगले परिचय अहिलेसम्म गोप्य राखिएको छ । 

उल्लेखित दाबीसहितको सामग्री यही घटनाक्रमकै समय सामाजिक संजालमा फैलिएको छ । उक्त सामग्रीमा सन्दीपलाई फसाउने युवती मिडियामा आएको तर फेस देखाउन नमानेको दाबी गरिएको छ । 

प्रस्तुत दाबीलाई आधार बनाएर हामीले तथ्यजाँच सुरु गर्‍यौँ । यसका लागि सबैभन्दा पहिले हामीले दाबीसहितको सामग्रीमा जोडिएको अन्तर्वार्ता अंशको स्रोत पत्ता लगाउने काम गर्‍यौँ । जसको लागि युट्युबमा ‘मेरो फेस नदेखाउने’ ‘अन्तर्वार्ता’ लगायतका किवर्ड सर्च गर्यौँ ।

किवर्ड सर्चको नतिजास्वरुप हामीले अन्तर्वार्ताको मूल अंश फेला पार्‍यौँ । १५ अक्टोबर २०२२ मा Pahilo SATYA Samachar नामक युट्युब च्यानलमा मूल अन्तर्वार्ता पोस्ट गरिएको छ । तर, उक्त अन्तर्वार्ता दाबीसहितको सामग्रीमा गरिएको दाबीभन्दा धेरै फरक देखिन्छ ।

मूल अन्तर्वार्तामा ती युवतीलाई सन्दीप लामिछानेविरुद्ध आरोप लगाउने युवतीको रुपमा प्रस्तुत गरिएको छैन । उनलाई एक सामान्य महिलाको रुपमा प्रस्तुत गरिएको छ । एउटा पार्कमा हिँडिरहेको अवस्थामा एकजना व्यक्तिले राम्रोसँग कुरा गरेका कारण उनको भिडियो खिचिएको र तिनै महिलाको सर्तमा उनको अनुहार नदेखाइएको  उक्त अन्तर्वार्तामा कार्यक्रम प्रस्तोताले बताएका छन् । तर, उक्त अन्तर्वार्तामा ती महिला सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने व्यक्तिको रुपमा प्रस्तुत गरिएको छैन ।  

भिडियोको इन्ट्रोमा कार्यक्रम प्रस्तोताले भनेका छन् – 

हामी एउटा पार्कमा हिँडिरहेको अवस्थामा, पार्कमा रिसर्चका क्रममा उभिरहेका बेलामा एकजना व्यक्तिले राम्रोसँग कुरा गर्नुभो तर उहाँलाई क्यामरासँग ल्याउनको लागि हामीले धेरै सर्तहरु पनि पूरा गर्नुपरेको छ दर्शकवृद । मिडिया क्षेत्र यस्तो घृणात्मक बनेछ कि मान्छेहरुले फेस देखाउन पनि हिच्किचाउँछन् ।’ 

प्रस्तुत तथ्यबाट के प्रस्ट हुन्छ भने युट्युब च्यानलले तयार पारेको एक महिलाको विचारसहितको कार्यक्रमलाई टिकटकमा भ्रामक तरिकाले प्रस्तुत गरिएको छ ।  

निष्कर्ष

दाबीसहितको सामग्रीमा देखिएकी युवती सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने युवती होइनन् । उनको विचारसहितको अन्तर्वार्तालाई काँटछाँट गरेर सामाजिक संजाल टिकटकमा भ्रामक तरिकाले प्रस्तुत गरिएको छ ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Bbc

Pahilo SATYA Samachar


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage