Monday, December 15, 2025

Fact Check

Fact Check: पूरै बिहार डुवानमा परेको हो? यस्तो छ भिडियोको वास्तविकता

Written By Aakash Chhetri
Jul 3, 2023
banner_image

Claim

image

Fact

image

दाबी: सप्तकोशीको बहाव बढेपछि बाँधका २२ वटा ढोका खोलिएको र भारतको पूरै बिहार राज्य डुवानमा परेको छ । 
तथ्य: फिलिपिन्समा ११ वर्ष पहिले घटनाको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो । 

वर्खायाम सुरु भएसँगै नेपालभर मौसम बदली भइरहेको छ र केही भूभागमा वर्षा भइरहेको छ । यही क्रममा सामाजिक संजालमा एउटा सामग्री फेला परेको छ, जसमा सप्तकोशीको बहाव बढेपछि बाँधका २२ वटा ढोका खोलिएको र भारतको पूरै बिहार राज्य डुवानमा परेको दाबी गरिएको छ ।

रस्मिका R K नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा भयानक बाढीको दृश्य देख्न सकिन्छ । उक्त दृश्यले बढीले घर नै बगाएको भिडियो जोडिएको छ । भिडियो सहितको सामग्रीमा एउटा थमनेलसमेत लेखिएको छ र उक्त थमनेलमार्फत् दाबी प्रस्तुत गरिएको छ । थमनेलमा लेखिएको छ- ‘सप्तकोशीको २२ ढोका खोलिएको छ, कोशीमा पानीको बहाव बढिरहेको छ, भारतको बिहार पूरा डुवानमा ।’

पोस्ट गरिएको चार दिनमै १४ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले उक्त सामग्रीमा रियाक्ट गरिसकेका छन् । आगामी दिनमा झनै फैलिनसक्ने उक्त सामग्रीमा अत्यन्तै महत्वपूर्ण छ । त्यसैले हामीले प्रस्तुत भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबीसहितको सामग्रीलाई पूरानै घटनाका रुपमा प्रस्तुत गरिएको छ । उक्त सामग्रीमा यो घटनालाई २०२२ को घटेको संकेत दिइएको छ । तर, उक्त दाबीसहितको भिडियोलाई वर्खायाम सुरु भएसँगै सामाजिक संजालमा फैलाइएको छ । केही टिकटक प्रयोगकर्ताले सप्तकोशी बाँधका सबै ढोला खोल्न आग्रह गर्दै दाबीसहितको सामग्रीमा प्रतिक्रिया समेत दिएका छन् । 

दाबीसहितको सामग्रीमा देखिएको दृश्य नै महत्वपूर्ण रहेका कारण हामीले सोही दृश्यबाट जाँचको सुरुवात गर्‍यौँ । जाँचका क्रममा प्रस्तुत दाबीसहितको सामग्री एक वर्षअघि नै सामाजिक संजाल टिकटकमा फैलिएको पाइयो । न्युजचेकर नेपालले एक वर्षअघि गरेको तथ्यजाँचमा माथिकै दाबीसहितको सामग्रीलाई उल्लेख गरिएको छ । चार दिनअघि सोही सामग्रीलाई सामाजिक संजालमा फैलाइएको पाइयो । 

तर, दाबीसहितको सामाग्रीमा देखिएको दृश्य भारतको बिहार राज्यको भने होइन । हामीले प्रस्तुत भिडियोका केही दृश्यलाई स्क्रिनसट गरेर गुगल लेन्समा सर्च गर्‍यौँ । जसको नतिजास्वरुप Mark Anthony Besario नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । 

११ वर्षअघि अर्थात् २० डिसेम्बर २०११ मा पोस्ट गरिएको उक्त भिडियो भारतस्थित बिहार राज्यको घटना भने होइन । उक्त युट्युब च्यानलमा राखिएको जानकारी अनुसार उक्त दृश्य फिलिपिन्सको डुमागुएट शहरस्थित नेग्रोस ओरिएन्टल भन्ने ठाउँको हो । 

फेला परेको प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सप्तकोशीको बहाव बढेपछि बाँधका २२ वटा ढोका खोलिएको र भारतको पूरै बिहार राज्य डुवानमा परेको दाबी भन्ने दाबी भ्रामक छ । किनकि दाबीसँगै प्रस्तुत गरिएको भिडियो भारतस्थित बिहार राज्यको नभई फिलिपिन्सको हो । ११ वर्ष पूरानो भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो । 

निष्कर्ष :

सप्तकोशीको बहाव बढेपछि भारतको पूरै बिहार राज्य डुवानमा परेको दाबीसँगै जोडिएको भिडियो भ्रामक छ । फिलिपिन्समा ११ वर्ष पहिले घटनाको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Mark Anthony Besario
Nepal.newschecker.co


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage