Saturday, December 13, 2025

Fact Check

Fact Check: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘प्रचण्ड’लाई फोन गरेका हुन्? असम्बन्धित भिडियोलाई नेपालसँग जोडियो

Written By Aakash Chhetri
Oct 23, 2023
banner_image

Claim

image

Fact

image

दाबी: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्, नेपालीको शव आफ्नै लगानीमा स्वदेश पठाइदिने र बेपत्ता व्यक्तिको खोजी गर्ने भनेका छन् ।
तथ्य: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेको दाबी भ्रामक छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फैलिएको छ । उक्त भिडियोमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोनमार्फत् मृतक नेपालीको शव आफ्नै लगानीमा स्वदेश पठाइदिने र बेपत्ता व्यक्तिको खोजी गर्ने बताएको दाबी छ ।

PRASANT OFFCIAL नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू फोनमा कुराकानी गरिरहेको दृश्य देख्न सकिन्छ । साथै भिडियोसँग एउटा अडियो पनि सुन्न सकिन्छ । उक्त अडियो इजरायलमा फसेका नेपालीसँग सम्बन्धित छ । 

भिडियोको थमनेलमा लेखिएको छ- ‘इजरायल प्रधानमन्त्री फोन गरे प्रचण्डलाई इजरायलमा रहेका नेपाली हाम्रो परिवार हुन् विपिन जोशीको पनि खोजी गर्नेछौँ, मृत्यु भएको पार्थिव शरीर पनि हाम्रै लगानीमा नेपाल पठाउँनेछौँ ।’ 

तीन दिनअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा ३५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा दाबीसहितको भिडियोलाई ५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यतिमात्र होइन, रास्ट्रयस्व्तन्त्रपार्टी लगायतका टिकटक आइडीहरुमा सोही दाबीसहितको भिडियोलाई पोस्ट गरिएको देखिन्छ । 

अर्कोतर्फ माथि उल्लेखित दाबीसहितको भिडियो र अडियोबाट थुप्रै भिडियोहरू पुनर्उत्पादन गरिएको छ । 

तथ्यजाँच/प्रमाणीकरण

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेको दाबी सामाजिक संजालमा द्रुत गतिमा फैलिएको छ । प्रस्तुत दाबी तथ्यगत र कूटनीतिक अर्थमा अन्त्यन्तै संवेदनशील देखिन्छ । सोही कारण हामीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू देखिएको भिडियोमाथि तथ्यजाँच गरेका छौँ ।   

जाँचका क्रममा सबैभन्दा पहिले हामीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू फोनमा बोलिरहेको भिडियो पुन: एकपटक नियाल्यौँ । भिडियोमा जोडिएको आवाजलाई पनि राम्ररी सुन्यौँ र यही आधारमा ‘Israel Prime Minister’ ‘Benjamin Netanyahu’ ‘Phone Talk’ लगायतका वाक्यांश युट्युबमा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप WSJ News नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । १२ दिनअघि अर्थात् ११ अक्टुबर २०२३ मा पोस्ट गरिएको यो भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा एउटै दृश्य देख्न सकिन्छ । युट्युबमा फेला परेको भिडियोको शिर्षक राखिएको छ- ‘Israel’s Netanyahu Calls President Biden, Compares Hamas Attack to ISIS’   

यो भिडियोमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फोन गरेको र हमासलाई आईएसआईएस (इस्लामिक स्टेट) भन्दा पनि खराब भनेको जानकारी दिइएको छ । यस कुराकानीमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको आवाज राम्ररी सुन्न सकिन्छ । 

अर्कतर्फ माथि उल्लेखित दाबीसहितको भिडियोमा भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भन्दै फरक सन्दर्भ वा नक्कली आवाज जोडिएको छ । यसपछि उक्त भिडियोमा देखिएको दृश्य र आवाजलाई मूल सन्दर्भ मान्दै हामीले अन्य स्रोत खोज्न लाग्यौँ ।

जाँचका क्रममा हामीले ‘Israel Prime Minister Benjamin Netanyahu’ ‘Phone Talk USA President’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्दा timesofisrael.com प्रकाशित समाचार फेला पर्‍यौँ । उक्त समाचार अनुसार गाजामा हमाससँगको युद्ध सुरु भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एक सातामा पाँचौं अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोन वार्ता गरेको समाचार प्रकाशित गरिएको छ ।

प्रस्तुत समाचारमा छापिएको तस्बिर र माथि उल्लेखित दाबीसहितको भिडियोमा देखिएको दृश्यको एगंल एउटै छ । उक्त तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग इजरायलमा हमासको आक्रमणको बारेमा कुरा गर्दै । अक्टोबर १०, २०२३ ।’ 

प्रस्तुत तथ्यहरुबाट के प्रष्ट हुन्छ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अक्टोबर १० मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरे । नेतान्याहुले बाइडेनलाई इजरायलले आफ्नो इतिहासमा ‘यस्तो क्रूरता कहिल्यै देखेको छैन’ भन्ने अभिव्यक्ति दिए । यही भिडियोमा फरक सन्दर्भको अडियो र थमनेल जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेको, नेपालीको शव आफ्नै लगानीमा स्वदेश पठाइदिने र बेपत्ता व्यक्तिको खोजी गर्ने भनेको दाबी भ्रामक छ । प्रधानमन्त्री नेतान्याहूले फरक देशका राष्ट्रपतिसँग कुराकानी गरेको भिडियोलाई भ्रामक तरिकाले नेपाल र यहाँका प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’सँग जोडिएको पाइयो ।

निष्कर्ष

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेको दाबी भ्रामक छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भइरहेको फोन वार्ताको भिडियोलाई भ्रामकपूर्ण सन्देशका साथ नेपालमा फैलाइएको हो ।   

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, WSJ News, 11 Oct 2023
तस्बिर/समाचार, timesofisrael.com, 14 October 2023


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage