Monday, December 15, 2025

Fact Check

Fact Check: के बंगलादेशमा मन्दिर जलाइएको हो ? पढ्नुहोस् वास्तविकता 

Written By Aakash Chhetri
Aug 17, 2024
banner_image

Claim

image

Fact

image

दाबी: बंगलादेशमा मन्दिरहरु जलाउँदै (भिडियो सहित) ।
तथ्य: राज प्यालेस कफी शप एन्ड रेस्टुरेन्टको भिडियोलाई गलत दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।  

आगलागी भइरहेको एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोसँगै बंगलादेशमा मन्दिर जलाइएको दाबी गरिएको छ । 

आनन्द सुबेदी नामक फेसबुक आइडीमा पोस्ट गरिएको छोटो भिडियो (रिल) मा एउटा संरचना देख्न सकिन्छ, जहाँ आगो लागिरहेको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘बंगलादेशमा मन्दिरहरु जलाउँदै ।’   

११ अगस्ट २०२४ मा पोस्ट गरिएको भिडियोलाई १७ लाखभन्दा बढी फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् । त्यस्तै ५० हजारभन्दा बढी लाइक गरिएको भिडियोलाई साढे ३ हजारभन्दा बढी पटक सेयर गरिएको देखिन्छ ।

प्रस्तुत तथ्यांकले के प्रष्ट पार्छ भने बंगलादेशमा मन्दिर जलाइएको दाबीसहित पोस्ट गरिएको भिडियो सामाजिक संजालमा व्यापक फैलिसकेको छ । भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

केही समयअघि बंगलादेशको सडक आन्दोलन उत्कर्षमा पुगेको थियो । ‘कोटा प्रणालीमा रहेको भेदभावविरुद्ध’ सुरु भएको आन्दोलन हिंसात्मक बनेको समाचार संचार माध्यममा प्रकाशित भएका थिए । यही सन्दर्भमा बंगलादेशमा मन्दिर जलाइएको दाबीसहित एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ ।

भिडियोको जाँचका क्रममा सबैभन्दा पहिले हामीले  केही दृश्यहरुको स्क्रिनसट लियौँ र ती स्क्रिनसटलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप dhakamail.com मा प्रकाशित समाचार फेला पर्‍यो ।

५ अगस्ट २०२४ मा प्रकाशित समाचारमा उल्लेख गरिएको तस्बिर र दाबीसहितको भिडियोको दृश्य मिल्दाजुल्दा छन् । समाचार अनुसार ​​शेख हसिनाले प्रधानमन्त्रीबाट राजिनामा दिएर देश छाडेपछि आन्दोलनकारीले सतखिरा नगरमा हर्षयाली निकालेका थिए । सोही क्रममा शहरका विभिन्न क्षेत्रमा तोडफोड र आगजनी भएको थियो ।

फेला परेको समाचारमा तस्बिरको सन्दर्भ नखुलाइएका कारण हामीले जाँचलाई थप अगाडि बढायौँ । यही क्रममा सामाजिक संजाल एक्समा केही पोस्टहरु फेला परे, जसमा उक्त भिडियोमा देखिएको दृश्य कोलारोआ, सातखीरा (बंगलादेश)मा रहेको राज प्यालेस कफी शप रेस्टुरेन्टसँग सम्बन्धित रहेको र हिन्दू मन्दिर नभएको जानकारी दिइएको छ । 

यही आधारमा हामीले  ‘Raj Palace Coffee Shop & Restaurant Kalaroa, Satkhira’ लाई गुगल म्यापमा सर्च गर्यौँ । फेब्रुअरी २०२३ मा अपडेट गरिएको गुगल म्याप ‘स्ट्रिट भ्यु’ हेर्दा केही दृश्यहरु दाबीसहितको भिडियोसँग मिल्दाजुल्दा देखिन्छन् । 

यसअघि दाबीसहितको भिडियो अन्य देशहरुमा पनि फैलिएको देखिन्छ । सोही भिडियोको तथ्यजाँच बाङ्ला भाषामा newschecker.in ले  ९ अक्टोबर २०२४ मा प्रकाशित गरेको पाइयो । हेर्नुहोस् – Fact Check: এটা বাংলাদেশের কোনও মন্দিরে আগুন লাগানোর ভিডিয়ো নয়, জানুন আসল সত্যিটা । प्रस्तुत तथ्यजाँचले दाबी सहितको भाइरल भिडियो राज प्रसाद रेस्टुरेन्ट रहेको र मन्दिरको नरहेको निष्कर्ष निकालेको छ । 

राज प्यालेस कफी शप एन्ड रेस्टुरेन्टसँग सम्बन्धित अन्य भिडियोहरु  Faruk hossain (Raz) लगायतका युट्युबमा फेला परेका छन् । जसका दृश्यहरु दाबीसहितको भिडियोसँग मिल्दाजुल्दा छन् । 

तथ्यजाँचका क्रममा फेला परेका तथ्यबाट के पुष्टि हुन्छ भने बंगलादेशमा मन्दिर जलाइएको दाबी भ्रामक छ । 

​​निष्कर्ष

बंगलादेशमा मन्दिर जलाइएको दाबी सहित नेपालमा फैलाइएको संरचनाको भिडियो हिन्दूहरुको मन्दिर होइन । राज प्यालेस कफी शप एन्ड रेस्टुरेन्टको भिडियोलाई गलत दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।  

नतिजा : गलत  

हाम्रा स्रोतहरू

समाचार/तस्बिर: dhakamail.com
तथ्यजाँच: https://newschecker.in/bn
Google Map Street View: Raj Palace Coffee Shop & Restaurant Kalaroa, Satkhira 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage