Saturday, December 13, 2025

Fact Check

Fact Check: उच्च अदालतको आदेशविरुद्ध भ्रामक दाबी, भारतस्थित जगन्नाथ रथयात्राको दृश्य सामाजिक संजालमा फैलियो    

Written By Aakash Chhetri
Jun 28, 2023
banner_image

Claim

image

Fact

image

दाबी:  उच्च अदालतले गरेको आदेशविरुद्ध लाखाैँको संख्यामा काठमाडौँवासी सडकमा उत्रिएको दाबी गरिएको छ ।
तथ्य: उच्च अदालतले गरेको आदेशविरुद्ध काठमाडौँवासी सडकमा उत्रिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको दृश्य भारतस्थित ओडिसा राज्यको पुरी सहरमा हुने जगन्नाथ रथयात्राको हो ।

सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ, जसमा ठूलो संख्यामा मानिसहरुको भीड सडकमा उत्रिएको देख्न सकिन्छ । उक्त सामग्रीमा उच्च अदालतले गरेको आदेशका विरुद्ध काठमाडौँवासी सडकमा उत्रिएको दाबी गरिएको छ ।   

black Raja नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा लाखौँ मानिसहरुको भीड देख्न सकिन्छ । उक्त भिडियोको थमनेलमा काठमाडौँ महानगर प्रमुख बालेन शाहका समर्थक अदालतको आदेशविरुद्ध सडकमा उत्रिएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘उच्च अदालत पाटनले हिन्दी फिल्म नरोक्न अन्तरिमक आदेश जारी गरेपछि उच्च अदालतविरुद्ध काठमाडौँको दृश्य, बालेन शाहका सपोर्टर केटीएमवासी ।’

प्रस्तुत  दाबीसहितको सामग्री टिकटकमा पोस्ट गरिएको मात्रै दुई दिन भएको छ । दुई दिनमै उक्त सामग्रीमा करिब ५२ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा करिब एक हजारले प्रतिक्रिया दिइसकेको दाबीसहितको सामग्रीलाई पाँच सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यसबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्रीको फैलावट व्यापक छ र आगामी दिनमा यसको फैलावट झनै बढ्न सक्छ । 

उच्च अदालतको आदेशविरुद्ध लाखाैँको संख्यामा मानिसहरू सडकमा उत्रिएको दाबी अत्यन्तै संवेदनशील देखिन्छ । सोही संवेदनशीलतालाई मध्यनजर गर्दै हामीले प्रस्तुत भिडियो सामग्रीको वास्तविकता पत्ता लगाउन तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

भारतीय चलचित्र ‘आदिपुरुष’को विवादका सन्दर्भमा काठमाडौं महानगरका मेयर शाहले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । जानकी भारतीय छोरी हुन् भन्ने आशयको सन्देश दिन खोजेको भन्दै मेयर बालेन शाहले हिन्दी चलचित्र प्रदर्शन रोकेका थिए । उक्त कदमविरुद्ध हल सञ्चालकहरुको छाता संगठनको तर्फबाट उच्च अदालत पाटनमा रिट दायर गरिएको थियो । 

रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले २०८० असार ७ गते काठमाडौंका चलचित्र हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । तर, अदालतले आदेश जारी गरेपछि पनि मेयर बालेन शाहले हिन्दी फिल्म चलाउन नदिने अडानबाट पछि नहट्ने बताइरहेका छन् ।

यही सन्दर्भमा एउटा भिडियोसहितको सामग्री सामाजिक संजाल टिकटकमा पोस्ट गरियो, जसमा लाखौँ मानिसहरुको भीड देख्न सकिन्छ । उक्त सामग्रीमा बालेन शाहका समर्थक अदालतको आदेशविरुद्ध सडकमा उत्रिएको पनि दाबी गरिएको छ । 

दाबीसहितको सामग्रीमा मुख्यत: भिडियोलाई प्रथामिकताका साथ प्रस्तुत गरिएको छ । त्यसैले हामीले सबैभन्दा पहिले भिडियोबाट जाँचको सुरुवात गर्‍यौँ र दाबीसहितको सामग्रीमा प्रयोग गरिएको भिडियोको स्कृनसट लिएर गुगल लेन्समा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप भारतस्थित पुरीको जगन्नाथ रथयात्राका थुप्रै दृश्यहरू फेला परे । यो रथयात्रा भारतस्थित ओडिसा राज्यको पुरी सहरमा मनाइन्छ । 

फेला परेको तथ्यका आधारमा हामीले ‘jagannath’ ‘rathyatra’ ‘puri’ ‘drone shots’ लगायतका किवर्ड युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Allahabadi Musafir नामक युट्युब च्यानलमा पोस्ट गरिएको सर्ट भिडियोमा फेला पर्‍यो । उक्त युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एउटै हो । तर, उक्त भिडियो नेपालको नभई भारतस्थित पुरीको रथयात्रा हो । 

फेला परेको प्रमाणले दाबीसहितको सामग्रीमा प्रयोग गरिएको दृश्य नेपालको नभई भारतको रहेको प्रष्ट पारेको छ । भारतस्थित पुरीको जगन्नाथ रथयात्राको दृश्यलाई भ्रामक तरिकाले नेपालको एउटा अदालती विवादसँग जोडिएको पाइयो ।  

निष्कर्ष

उच्च अदालतले गरेको आदेशका विरुद्ध काठमाडौँवासी सडकमा उत्रिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो भारतस्थित ओडिसा राज्यको पुरी सहरको हो । पुरीको जगन्नाथ रथयात्राको दृश्यलाई  नेपालस्थित पाटन उच्च अदालतको फैसला र काठमाडौँ महानगर प्रमुख बालेन शाहका समर्थकसँग जोड्दै सामाजिक संजालमा फैलाइएकफ पाइयो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Bbc.com
Gorkhapatraonline.com
Allahabadi Musafir


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage