Thursday, December 11, 2025

Fact Check

Fact Check: गृहमन्त्री रबि लामिछानेलाई प्रधानसेनापतिले साथ दिएको भ्रामक दाबी 

Written By Aakash Chhetri
Apr 23, 2024
banner_image

Claim

image

Fact

image

दाबी: गृहमन्त्री रबि लामिछानेलाई प्रधानसेनापतिले पूर्णरुपमा साथ दिएको दाबी ।
तथ्य: प्रधानसेनापतिले संसदीय समितिमा बोलेको फरक सन्दर्भको अभिव्यक्तिलाई गृहमन्त्री रबि लामिछानेसँग जोडिएको पाइयो । 

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोको थमनेलमा गृहमन्त्री रबि लामिछानेलाई प्रधानसेनापतिले पूर्णरुपमा साथ दिएको दाबी गरिएको छ । 

कान्छाको नयाँ नयाँ न्युज नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा सुरुमै प्रधानसेनापति प्रभुराम शर्माले ‘सम्बन्धित व्यक्तिलाई कोर्ट मार्शल गर्न तयार रहेको’ अभिव्यक्ति दिएको सुनिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘गृहमन्त्री रबि लामिछानेलाई सेनापतिको पूरै साथ…!’  

तीन दिनअघि पोस्ट गरिएको भिडियोलाई १० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब तीन सयले प्रतिक्रिया दिइसकेको भिडियोलाई करिब दुई सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

प्रस्तुत भिडियोमा प्रधानसेनापतिको अभिव्यक्तिलाई गृहमन्त्री रबि लामिछानेसँग जोडिएको छ तर त्यसको सन्दर्भ खुलाइएको छै । त्यसैले उक्त भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

सुरुवाती जाँचका क्रममा हामीले New Revolution of Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पार्‍यौँ । १९ अप्रिल २०२४ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षकमा पनि रबि लामिछानेलाई सेनापतिको साथ दिएको उल्लेख गरिएको छ ।  

यही भिडियोको एउटा अंशलाई सामाजिक संजालमा फैलाइएको छ । फेला परेको तथ्यका आधारमा जाँच गर्दा सरकारी संचार माध्यम gorkhapatraonline मा प्रकाशित एउटा समाचार फेला पर्‍यो ।

समाचार अनुसार ७ वैशाख २०८१ मा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को विषयमा छलफल गर्न  प्रधान सेनापति प्रभुराम शर्मालाई आमन्त्रित गरेको थियो ।

बैठकमा बोल्दै प्रधानसेनापति शर्माले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । साथै प्रधानसेनापति शर्माले फास्ट ट्र्याकको काम  तोकिएकै बजेटभित्र रहेको र तोकिएकै समयभित्र सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको प्रष्ट पारेको समाचारमा उल्लेख छ । 

जाँचकै क्रममा सोही सन्दर्भको भिडियो Sunaulo Nepal TV नामक युट्युब च्यानलमा पोस्ट गरिएको पाइयो । उक्त भिडियोमा प्रधानसेनापति शर्माले १० प्रतिशत नेपाली सेना वातावरणीय सुरक्षामा खटिएको बताउँदै ‘कोर्ट मार्शल गर्न तयार’ परेको प्रसंग अधिव्यक्त गरेका थिए । 

शर्माले भनेको अंश यस्तो छ- ‘…एक क्युबिक काठ पनि हामीले लिएको छैन, आइ क्यान ग्यारेन्टी । कतैबाट त्यो लाग्छ भने म सम्बन्धित मान्छेलाई कोर्ट मार्शल गर्न पनि तयार छु, तुरुन्तै जेल हाल्न पनि तयार छु । यदि कतै केही भएको रैछ भने । तर सबैले नबुझिकन बोल्दा चित्त दुख्छ…’

फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने प्रधानसेनापति प्रभुराम शर्माले संसदीय समितिमा दिएको जवाफलाई जबरजस्ती गृहमन्त्री रबि लामिछानेसँग जोडिएको छ ।   

निष्कर्ष

गृहमन्त्री रबि लामिछानेलाई नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले साथ दिएको दाबी भ्रामक छ । प्रधानसेनापतिले संसदीय समितिमा बोलेको फरक सन्दर्भको अभिव्यक्तिलाई गृहमन्त्री रबि लामिछानेसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

समाचार, GorkhapatraOnline 
भिडियो, Sunaulo Nepal TV 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage