Monday, December 15, 2025

Daily Reads

कान्तिपुर दैनिकको पूरानो अंकमा छेडखानी, शीर्षक र तस्बिरलाई तोडमोड गरियो

banner_image

Claim

image

Fact

image

सामाजिक संजालमा विविध क्षेत्रका दाबीसहितका सामाग्रीहरू फैलिने गरेका छन् । समय सन्दर्भ अनुसार फैलिने यस्ता दाबीहरू फरक-फरक तरिकामार्फत् सामाजिक संजालमा फैलाइएकाे पाइन्छ । यही क्रममा कान्तिपुर राष्ट्रिय दैनिकको इ-पेपरलाई तोडमोड गरेर भ्रामक सामग्री फैलाइएको तथ्य प्रमाणित गरेको छ ।  

#memer नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा कान्तिपुर राष्ट्रिय दैनिकको इ-पेपर राखिएको छ । उक्त तस्बिरमा कान्तिपुरको मुख्य समाचारमा एउटा शीर्षक देखिएको छ, जसमा चलचित्रको नक्कली टिकट बेच्‍ने ‘चार झापाली पक्राउ’ परेको जानकारी दिइएको छ । 

भिडियोमा देखिने कान्तिपुर दैनिकको पत्रिकाको शीर्षकमा लेखिएको छ- ‘केपीएफ २ को टिकट भन्दै ए मेरो हजुर ४ को टिकट बेच्ने ४ झापाली पक्राउ ।’ 

अप्रिल १३ मा पोस्ट गरिएको उक्त  भिडियो १८ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै उक्त भिडियो साढे ७ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।  

यही सामग्रीसहितको अर्को सामग्री पनि टिकटकमा भेटिएको छ । #anjay_pandit नामक टिकटक आइडीमा अप्रिल १३ मै पोस्ट गरिएको उक्त सामग्रीमा  २६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा उक्त सामग्री ४० भन्दा बढी प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।

त्यस्तै न्युजचेकरले फेला पारेको अर्को सामग्रीमा पनि कान्तिपुरकै इ-पेपर राखिएको छ र उक्त सामग्रीमा पनि सोही दाबी गरिएको छ ।  #Cu_race official नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा एक सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेा छन् । 

तथ्यजाँच/प्रमाणीकरण

विश्वसनीय संचार माध्यमको प्रमुख समाचारमा नै ‘केपीएफ २ को टिकट भन्दै ए मेरो हजुर ४ को टिकट बेच्ने ४ झापाली पक्राउ’ भन्ने शीर्षक देखिएपछि यो सामग्रीमा न्युजचेकरको नजर अडियो । सुरुमा हामीले कान्तिपुर राष्ट्रिय दैनिकको सोही अंक खोज्नतिर लाग्यौँ । 

कान्तिपुरका पछिल्ला अंकहरू लगातार नियालेपछि हामीले दाबीमा प्रस्तुत अंक भेट्न सकेनौँ । त्यसपछि हामीले दाबीसहितको सामग्रीमा भएका अन्य संकेतहरू नियाल्नतिर लाग्यौँ । कान्तिपुरको उक्त अंकमा गौरिका सिंह नेपाली पौडी खेलाडी गौरिका सिंहको तस्बिरको देखिन्छ । तस्बिरको तल्लो लाइनमा मधुरो तरिकाले ‘प्रधानमन्त्रीद्वारा पुरस्कार घोषणा’ लेखिएको देखिन्छ । 

उल्लेखित संकेतलाई पछ्याउँदै हामीले कान्तिपुरको मुख्य अंकको जाँच गर्‍यौँ । ‘गौरिका सिंह’, ‘पुरस्कार घोषणा’ लगायतका किवर्ड सर्च गरेपछि हामीले पुन: केही संकेत भेट्टायौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका रहेछन्  । 

प्रधानमन्त्री ओलीले २०७६ मंसिर २५ गते गौरिका सिंह लगायतका पदक विजेता खेलाडीको सम्मानमा बालुवाटारमै एक कार्यक्रम गर्दै उक्त पुरस्कार घोषणा गरेका रहेछन् । यही तथ्यका आधारमा हामीले कान्तिपुरको डिजिटल संस्करणमा उक्त इ-पेपरको जाँच गर्‍यौँ । फलस्वरुप २०७६ मंसिर २६ गते प्रकाशित कान्तिपुर राष्ट्रिय दैनिकको वर्ष २७, अंक २९१ फेला पर्‍यो । तर, उक्त अंकको प्रमुख समाचारको शीर्षक ‘केपीएफ २ को टिकट भन्दै ए मेरो हजुर ४ को टिकट बेच्ने ४ झापाली पक्राउ’ भन्ने थिएन । यो अंकमा ‘३० हजार टाकामा भित्रिन्छन् रोहिंग्या’ शीर्षकको प्रमुख समाचार छापिएको देखिन्छ ।

यो तथ्यबाट के प्रमाणित हुन्छ भने दाबीसहितको सामग्रीमा देखाइएजस्तो शीर्षक कान्तिपुर राष्ट्रिय दैनिकले छापेको छैन । प्रविधिको सहयोगमा कान्तिपुर राष्ट्रिय दैनिकको करिब ३ वर्ष पुरानो अंकमाथि छेडखानी गर्दै भ्रामक शीर्षक राखिएको छ ।

निष्कर्ष 

कान्तिपुर राष्ट्रिय दैनिकले आफ्नो मुख्य समाचारमा ‘केपीएफ २ को टिकट भन्दै ए मेरो हजुर ४ को टिकट बेच्ने ४ झापाली पक्राउ’ भन्ने शीर्षक प्रकाशित गरेको छैन । फरक सन्दर्भको कान्तिपुर दैनिकको इ-पेपरमा छेडखानी गर्दै उक्त शीर्षक राखिएको निष्कर्ष न्युजचेकरको छ । 

नतिजा : भ्रामक/असत्य

हाम्रा स्रोतहरू

Epaper.ekantipur.com : वर्ष २७, अंक २९१ 

Ekantipur.com : पुरस्कार प्याकेज घोषणा


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage