Monday, December 15, 2025

नेपाली

के घिउकुमारी, नीम र कपूरले छालाको दाद निको पार्छ ?

banner_image

Claim

image

Fact

image

सामाजिक संजालहरुमा विभिन्न रोगको घरेलु उपचारका बारेमा तयार पारिएका सामग्रीहरू फैलिरहेका हुन्छन् । पछिल्लो पटक हामीले छालामा हुने संक्रमण तथा दादको घरेलु उपचारबारे तयार पारिएको एउटा सामग्री फेला पार्‍यौँ । 

हेल्थ टिप्स _MILAN नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा घिउकुमारी, नीम र कपूरको घोल तयार पारिएको दृश्य देखाइएको छ । सोही सामग्रीको क्याप्सन र अडियोमार्फत् घिउकुमारी, नीम र कपूरको घोलको लेपनले दाद तथा छालामा भएको संक्रमण निको पार्ने दाबी गरिएको छ ।

सामग्रीको क्याप्सनमा भनिएको छ – ‘दाद भएर हैरान हुनुन्छ, hospital को औषधि जति लगाउँदा पनि ठिक भएन, अब घरेलु उपचार गर्नुस‍्, धेरै जनाको ठिक भको छ आसा छ तपाईंहरूको पनि ठिक हुन्छ ।’ 

सोही क्याप्सन लेखिएको भिडियोसहितको अडियोमा छालाको संक्रमण तथा दाद भएको ठाउँमा घिउकुमारी, नीम र कपूरको घोलको लेप लगाउन सुझाव दिइएको छ ।  

सामान्य संक्रमण निको हुनसक्छ र एलर्जी पनि हुनसक्छ !

घिउकुमारी, नीम र कपूरमा एन्टी इन्फ्लेमेटरी, एन्टि ब्याक्टेरियल, एन्टी सेप्टिक र एन्टी फंगल गुण रहेको हुन्छ जसले छालाको संक्रमणमा केही हदसम्म राहत दिन्छ । यसको नियमित प्रयोगले छालाको हल्का संक्रमण निको पनि हुन्छ । तर, मध्यमदेखि गम्भीर छालाको संक्रमण भएमा डाक्टरलाई देखाउनु राम्रो हुन्छ ।

छालाको सामान्य संक्रमणहरुमा सेलुलाइटिस, एरिसिपेलास, इम्पेटिगो, फोलिक्युलाइटिस, र फुरुनकल र कार्बनकलहरू पर्दछन् । समयमै उचित उपचार नगरिएग यी संक्रमणहरू गम्भीर हुन हुन बेर लाग्दैन । प्रस्तुत विषयमा हामीले केही अनुसन्धान पत्रहरू फेला पारेका छौं जसले अनुसार यी छालामा हुने संक्रमणहरूलाई उचित चिकित्सा हेरचाह चाहिन्छ । डाक्टरको परामर्श, एन्टिबायोटिक्सका साथै अन्य उपचार पनि गर्नुपर्दछ । 

छालामा संक्रमण हुँदा घरेलु उपचार गर्नु  र उचित चिकित्सा उपचार नखोज्नु केही मानिसहरूका लागि खतरनाक पनि हुन सक्छ । घिउकुमारी, नीम र कपूरको अत्याधिक प्रयोगले छालाको एलर्जीसमेत हुनसक्ने केही अनुसन्धान पत्रहरूले निष्कर्ष निकालेका छन् । 

निष्कर्ष

घिउकुमारी, नीम, कपूरमा एन्टी इन्फ्लेमेटरी, एन्टि ब्याक्टेरियल, एन्टी सेप्टिक र एन्टी फंगल गुण हुने भएकाले छालामा भएको सामान्य संक्रमण निको हुनसक्छ । तर, घिउकुमारी, नीम र कपूरको प्रयोगले एलर्जी पनि हुनसक्छ । मध्यमदेखि गम्भीर छालाको संक्रमण भएमा डाक्टरलाई देखाउनैपर्छ ।

नतिजा : आंशिक सत्य 

हाम्रा स्रोतहरू 

National Library of Medicine

Diagnosis and treatment of impetigo

Neem in Dermatology


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage